फिलिपिन्समा ७.७ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी

No ads found for this position
No ads found for this position

काठमाडौं । फिलिपिन्समा सोमबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प नेपाली समयअनुसार बिहान करिब ५:०७ बजे गएको हो ।

भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्।

हालसम्म भूकम्पबाट भएको सम्भावित क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

एनसीएसले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको ५.६३५ डिग्री उत्तरी अक्षांश र १२५.१४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

भूकम्प ९३ किलोमिटर गहिराइमा गएको बताइएको छ । पहिलो भूकम्प गएको करिब ११ मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्पीय धक्का महसुस गरिएको एनसीएसले जनाएको छ । दोस्रो भूकम्प ७९ किलोमिटर गहिराइमा गएको थियो भने यसको केन्द्रबिन्दु ५.६०५ डिग्री उत्तरी अक्षांश र १२५.४०८ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।

फिलिपिन्स प्रशान्त महासागरीय रिङ अफ फायर क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्पीय गतिविधि हुने गर्दछ । -एएनआई



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *