हर्क साम्पाङ विरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

No ads found for this position
No ads found for this position

जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दुवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

क्रिश्चियन धर्म मान्ने साम्पाङलाई हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर भित्र प्रवेश गर्न नदिने भन्दै हिन्दुवादी सङ्घसंस्थाहरूले आपत्ति जनाउँदै विरोध गरिरहेका छन् । अहिले जानकी मन्दिर बाहिर र परिसरभित्र भारी मात्रामा प्रहरी परिचालन गरिएको छ ।

केही बेर अघि मात्र श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिएका छन् ।

साम्पाङ आज विभिन्न कार्यक्रमहरूमा समावेश हुन जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *