पर्यटक लिएर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो
No ads found for this position
No ads found for this position
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको ग १ य ९८२ नम्बरको स्कर्पियो पुरिएको छ।
स्कर्पियो पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गर्दा सोमबार राति अचानक सडक माथिबाट खसेको पहिरोले पुरिएको हो।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। अहिले मेसिन प्रयोग गरी पुरिएको गाडी निकाल्ने र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया
