कृष्ण भक्तिमा आधारित ‘गोविन्द गोपाल श्याम’ लिएर आए मनिष गहतराज

No ads found for this position
No ads found for this position

काठमाडौँ । सुर्खेतका युवा सर्जक मनिष गहतराजको नयाँ भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक भएको छ। भगवान श्रीकृष्णप्रति समर्पित यस भजनमा भक्तिभाव, आध्यात्मिक चेतना र सांगीतिक मिठासलाई समेटिएको छ।
पछिल्लो समय सुर्खेतको कला, संस्कृति र संगीतलाई राष्ट्रिय स्तरसम्म चिनाउँदै आएका गहतराजले विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारसँग सहकार्य गर्दै थुप्रै सिर्जनात्मक गीतसंगीत बजारमा ल्याइसकेका छन्। यसैक्रममा उनले यसपटक कृष्ण भक्तिमा आधारित भजनमार्फत दर्शक तथा श्रोतामाझ नयाँ प्रस्तुति लिएर आएका हुन्।
गीतमा गायिका सलिना विक र गायक नितेश विकको सुमधुर स्वर सुन्न सकिन्छ। संगीत संयोजन निरज रास्कोटीले गरेका छन्। भजनको शब्द तथा भावले भगवान श्रीकृष्णप्रतिको श्रद्धा, प्रेम र समर्पणलाई उजागर गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
गीतको निर्माणमा मनिष ज्वेलर्स, अनिश गहतराज र कृष्ण रामदामको सहयोग रहेको छ। धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई आधुनिक संगीत संयोजनसँग जोड्ने प्रयास गरिएको यस भजनले भक्तिमूलक संगीत रुचाउने श्रोतामाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।
पछिल्ला वर्षहरूमा नेपाली संगीत क्षेत्रमा भक्तिमूलक गीतहरूको आकर्षण बढ्दै गएको अवस्थामा ‘गोविन्द गोपाल श्याम’ ले पनि आध्यात्मिक संगीतप्रेमी श्रोताको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *