‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा, यस्तो छ प्रोमो

No ads found for this position
No ads found for this position

काठमाडौं । ‘लुरे बुढा, भुँडे बुढी’को प्रोमो सार्वजनिक सार्वजनिक भएको छ । प्रोमोमा कलाकार सुलेमान शंकर ‘इकु’ नयाँ भूमिकामा प्रस्तुत हुँदैछन् भने उनलाई स्नेहा कटवाल साथ दिएकी छिन् । यो कार्यक्रम यही साउन ४ गते बाट हरेक सोमबार बेलुका ५ बजे साप्ताहिक रुपमा प्रसारण हुने इकुले बताए ।

नेपाली डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा विल्कुलै नयाँ र मौलिक स्वाद दिने उद्देश्यका साथ निर्माण गरिएको यो कार्यक्रम सबै नेपालीको मन छुने कथा र हाम्रो समाज सँग जोडिएको फेमीली कमेडी शो भएको इकुले बताए । उनले भने, ‘यो कार्यक्रमले नेपालका स्थापित सेलिब्रेटी, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूलाई अतिथिका रुपमा आमन्त्रण गरी उनीहरूको बाल्यकाल, जीवनमा लुकेका सङ्घर्ष र उतारचढावका कथाहरूलाई विशुद्ध हाँस्य शैलीमा र गाउँको टिपिकल शैलीमा प्रस्तुत हुनेछ ।’

कार्यक्रमको प्रमोमा परम्परागत नेपाली गाउँघरको शैली र ठट्टा पाराले लुरे बुढाले आफ्नो कहानी सुनाउन आउँदैछु भनेका छन् भने भुँडे बुढीले पनि तिम्रो मात्र कहानी सुनाएर हुन्न मेरो पनि कहानी सुनाउनु पर्छ भनी ठटेउली शैलीमा प्रस्तुत गरिएको छ । प्रोमोमा बुढा र बुढीले कसको कहानी पहिला सुनाउने भनि तछाड मछाड गरेको देखिन्छ । कार्यक्रमको प्रमो नागरिक प्रेसको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

इकु कलाकारितासँगै विभिन्न समाजसेवा र सङ्गठनमा समेत सक्रिय भूमिकामा छन् । इकु नामबाट कलाकारिता क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल उनले थुप्रै टेलिसिरियल र फिल्ममा अभिनय गर्दै उनले फिल्म निर्माण र निर्देशन समेत गरिसकेका छन् ।

यस्तै गायन बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी स्नेहा कटवालले हालसम्म सयौं गीत गाइसकेकी छिन् भने थुप्रै टेलिसिरियलमा अभिनय गर्दै आएकी छिन् । पछिल्लो समय उनले चर्चित सिरियल सिता, छुच्ची सासु, गीता र सम्झौता लगायतको सिरियलमा व्यस्त कलाकार हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *