‘घर ज्वाइँ’मा मिरुनाको पछि डोको बोकेर आए दयाहाङ

No ads found for this position
No ads found for this position

काठमाडौं- ‘घर ज्वाइँ’ फिल्मको दुई डिजाइनका क्यारेक्टर लुक्स आइतबार सार्वजनीक गरिएको छ ।

अनिल बुढा मगर निर्देशीत फिल्मको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न् भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोकोहरु बोकेर हिँडिरहेको देखिन्छ । दयाहाङ र मिरुना दुवैको लुक्स ‘अर्गानीक’ लाग्नेछन् ।

पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा करिव एक महिना छायांकन गरिएको ‘घर ज्वाइँ’को निर्माता जनक घर्ती मगर हुन् । निर्देशक अनिल बुढाको कथा अनि पटकथा,संवाद लेखनमा उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगरले अभिनय गरेका छ्न् ।

जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएनले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले बितरण गर्ने छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *