स्वरुपराज र अन्जुको स्वरमा आयो ‘दिल रोएको बेला’

No ads found for this position
No ads found for this position

काठमाडौं- संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको ‘दिल रोएको बेला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन् ।

नारायण रेग्मीको शब्द रहेको यस गीतको म्यूजिक भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाले अभिनय गरेका छन् । सो म्यूजिक भिडियो अविदित फाउन्डेसनले सार्वजनिक गरेको हो ।

गीतको म्यूजिक भिडियो मुकेश हुमागाईले छायाङ्कन गरेका हुन् । यसमा राहुल बराइलीको कोरियोग्राफी, बिनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ, कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *