हरिबंस र प्रदीपलाई धन्यवाद दिँदै ओलीले भने, ‘महाजात्रा हेर्ने छु’

No ads found for this position
No ads found for this position

काठमाडौं- आजदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’लाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले शुभकामना दिएका छन् ।

उनले हरिवंश आचार्यलाई आँफुलाई मन पर्ने कलाकार भएको बताएका छन् ।

सामाजिक संजालमार्फत ओलीले भनेका छन्, ‘आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन शुरू हुने रैछ। अघि सामाजिक सञ्जालमा पोष्टर हेरेँ । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ। समय मिलेमा म पनि हेर्छु।’

यस्तै ओलीको यो प्रसम्सालाई बरिष्ट हाँस्य कलाकार हरिबंस आचार्यले पनि धन्यवाद दिएका छन् । उनले भने, ‘महाजात्रा र नेपाली सिनेमा प्रती यहाँको माया र हौसलाको लागि आभार प्रकट गर्दछु ।’

महाजात्रा चलचित्रका निर्देशक प्रदीप भट्टराइले अध्यक्ष ओलीको प्रसम्सा गदै भने, ‘मैले अस्ति एक अन्तर्वार्तामा भनेको थिए- ओली नेपाली सिनेमालाइ अत्ति नै माया गर्नुहुन्छ । यो स्टाटसले एकपटक फेरि त्यो कुरा प्रमाणित गरेकोछ । धन्यबाद हजुर नेपाली सिनेमाको लागि हामीलाइ यति माया गरिदिनुभएकोमा ।’

आजबाट चलचित्र महाजात्रा ४० देशको २ सय ५० बढी सहरहरूमा प्रदर्शनमा आएको छ । प्रदर्शनको आधारमा हेर्ने हो भने यो अहिले सम्मकै ठूलो हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा ‘महाजात्रा’ षट्कोण आर्टसले निर्माण गरेको हो।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *