विमानस्थलका कर्मचारी आन्दोलनमा, आज देखि भन्सारका सबै काम ठप्प गरिने

No ads found for this position
No ads found for this position

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाई नभए पछि आजबाट कर्मचारीले भन्सार ठप्प पार्न लागेका हुन् ।

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी संबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने उनिहरुले घोषणा गरेका छन् ।

यो पनि पढ्नुस्-
विमानस्थल भन्सारका १३७ कर्मचारीले सरुवा माग गर्दै महानिर्देशकलाई बुझाए निवेदन

हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *