कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं । कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका-३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-२ घर भएका ४७ वर्षीय अमृत मगर रहेका छन् ।

पक्राउ मध्ये हरि बहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरि बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-७ बाट र अमृतलाई ललितपुर महानगरपालिका-५ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *