चिनियाँ पर्यटकलाई बाजागाजासहित गरियो स्वागत (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । ती पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाण्डा टुर्र्स एण्ड ट्राभल्सले नेपाली कला, संस्कृति झल्किने परम्परागत पहिरन र बाजागाजासहित स्वागत गरेको छ।
उनिहरु हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत नेपाल आएका हुन्।

चीनको शेन्जेनबाट आएका उनिहरुले भ्रमणका क्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तस्बिरहरू: सक्षम घिमिरे ।
प्रतिक्रिया


