बोलेरो दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते
No ads found for this position
No ads found for this position
काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका –१ स्याउरेथलीमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमा मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
खानीखोलाको जगथलीबाट बनेपातर्फ आउँदै गरेको बा २१ च २४२ नम्बरको गाडी दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा खानीखोला गाउँपालिका –४ का कलकबहादुर माझी र खानीखोला गाउँपालिका –२ सार्कीडाँडाकी अनिता मोक्तान रहेको छन् ।
दुर्घटनामा घाइते हुनेमा खानीखोला –५ का बहुतमान रुम्बा, वडा नम्बर–३ का प्रदिप जर्घामगर, सिन्धुपाल्चोकका धनपति रावल र बनेपा साँगाका राहुल तामाङ रहेका छन् ।
प्रतिक्रिया
