अभिनेत्री सुरक्षा पन्त हराएको सूचना, मानवले पठाए प्रेम सन्देश (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त फिल्मको सुटिङका लागि गाउँतर्फ गएपछि केही समयदेखि सम्पर्कविहीन भएको खबर बाहिरिएको छ। उनको खोजीका लागि उनका श्रीमान् मानवले प्रहरीमा उजुरीसमेत दिएका छन्।

सुरक्षासँग लामो समयदेखि सम्पर्क हुन नसकेपछि चिन्तित बनेका मानवले रेडियोमार्फत श्रीमतीका लागि भावुक प्रेम सन्देश पठाएका छन्। उनले सुरक्षा जहाँ भए पनि सुरक्षित रहेको खबर पाउन चाहेको बताएका छन्।

मानवले रेडियोमा पठाएको सन्देश यस्तो छ-

मानवले रेडियोमा पठाएको सन्देश यस्तो छ– ‘प्रिय श्रीमती सुरक्षा पन्त, तिमी फिल्मको सुटिङका लागि गाउँतिर गएको पनि आज एक महिना भइसकेछ। तर यति लामो समयदेखि तिमीसँग कुनै सम्पर्क हुन नसक्दा मेरो मन निकै चिन्तित र व्याकुल भएको छ। तिमी जहाँ छौ, सुरक्षित छौ भन्ने खबर मात्र पाए पनि मेरो मनले ठुलो शान्ति पाउने थियो। तिम्रो खोजीका लागि मैले प्रहरीमा समेत उजुरी गरिसकेको छु। तर पनि मनले तिमीलाई निरन्तर खोजिरहेको छ। तिम्रो प्रतीक्षामा… उही तिम्रो प्यारे, मानव ।’

यसैबिच, केही समयदेखि सम्पर्कमा नरहेकी सुरक्षा पन्त अचानक ‘लुरे बुढा, भुँडे बुढी’सँग सम्पर्कमा आएको खबरसमेत बाहिरिएको छ। यद्यपि उनी कहाँ र कुन अवस्थामा सम्पर्कमा आएकी हुन् भन्ने विषयमा अहिले उनले ‘लुरे बुढा, भुँडे बुढी’लाई बताउँदै छिन् ।

सुरक्षा पन्त कसरी हराइन् ? थाहा पाउन भिडियो हेर्नुस्-

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *