ग्वार्कोमा ‘ऊँ पहिरन’को नयाँ शाखा सञ्चालन, पूजा र इकुले गरे उद्घाटन
काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा काठमाडौंको ग्वार्कोमा महिला पहिरन तथा फेसन सामग्री उपलब्ध गराउने उद्देश्यले ‘ऊँ पहिरन’को नयाँ शाखा सञ्चालनमा आएको छ। नयाँ शाखाको उद्घाटन चर्चित हास्य कलाकार सुलेमान शंकर ‘इकु’ तथा गायिका एवं मोडल पूजा लामाले संयुक्त रूपमा गरेका हुन्।
यसअघि काठमाडौंको बानेश्वर र शंखमूल मा सञ्चालन हुँदै आएको उक्त व्यवसायले सेवा विस्तार गर्दै ग्वार्कोमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। शाखाको सञ्चालक मन्दिरा राउत हुन्। तीज पर्वलाई लक्षित गर्दै महिलाहरूका लागि आकर्षक साडी, कुर्ता, फेसन सामग्री तथा अन्य पहिरन उपलब्ध गराइने सञ्चालक राउतले बताइन्।

राउतका अनुसार ‘ऊँ पहिरन’ मा १० दिने भव्य उद्घाटन अफर राखिएको छ । अफरमा कुर्थामा ५०% सम्म छुट तथा साडी, बेडसिट र अन्य सामानमा विशेष छुटको व्यवस्था गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै कलाकार सुलेमान शंकर ‘इकु’ले ‘ऊँ पहिरन’को गुणस्तरीय व्यवसाय विस्तार हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै नयाँ शाखाको सफलताको शुभकामना व्यक्त गरे। गायिका तथा मोडल पूजा लामाले पनि तीजको अवसरमा यस्ता पहिरनका सामानले महिलाहरूलाई आधुनिक फेसनमा सहज पुर्याउने विश्वास व्यक्त गरिन्।
सुलेमान शंकर ‘इकु’ र गायिका तथा कलाकार स्नेहा कटवाल हाल नागरिक प्रेसबाट प्रसारण भइरहेको लोकप्रिय हास्य कार्यक्रम ‘लुरे बुढा, भुँडे बुढी’ मा मुख्य भूमिकाका रूपमा अभिनय गर्दै आएका छन्। ग्रामीण परिवेश, सामाजिक व्यङ्ग्य र पारिवारिक कथावस्तु समेटिएको उक्त कार्यक्रम दर्शकमाझ लोकप्रिय बन्दै गएको छ।
उद्घाटन कार्यक्रममा टिकटक स्टार ओसिका, काइरा, स्थानीय व्यवसायी, कलाकार, शुभचिन्तक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
लुरे बुढा, भुँडे बुढी भाग- १
लुरे बुढा, भुँडे बुढी भाग- २
