लम्जुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

No ads found for this position
No ads found for this position

लमजुङ । आज बिहान गएको पहिरोले घर पुरिँदा लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु भएको छ ।

घर पुरिँदा ५९ वर्षीय टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरोले दुईतले कच्ची घर पुरेको थियो ।

घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *