धनुषाको मन्दिरभित्र पुरुषको शव फेला, घाँटीसहित शरीरमा धारिलो हतियारको चोट

No ads found for this position
No ads found for this position

जनकपुर । धनुषाको सबैला नगरपालिका १२ स्थित एक मन्दिरमा पुरुषको शव फेला परेको छ ।

धनुषा प्रहरीका अनुसार पहिचान नखुलेको करिब ४० वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । शवको दृष्टि हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागका काटिएको देखिएको छ ।

मन्दिर परिसर भरी रगतका छिटाहरू फैलिएको छ । स्थानीयवासीको अनुसार उक्त पुरुष सोही मन्दिरमा बस्दै आएका थिए । उनी मूल पुजारी नभई सहायक पुजारीको भूमिकामा थिए ।

धनुषा प्रहरीको टोली अहिले घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको छ । सुनसरी घटनाले धनुषामा पनि स्थिति अशान्त बनेकोले धनुषा प्रशासनले विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *