कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५:०० बजेभित्र मुख्यमन्त्री पदको लागी दाबी पेस गर्नको लागि आह्वानएको हो।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आहन गर्नुभएको हो । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।
प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका थिए ।असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरूद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बनेका थिए ।
