जेठ १४ गते सार्वजनिक बिदा

No ads found for this position
No ads found for this position

काठमाडौं। सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचना अनुसार बकर इद (इद–उल–अजहा) का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निणय भएको हो।

वि.सं. २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते बिदा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना पनि व्यक्त गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *