२७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १७० रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ पुगेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्