दौडका क्रममा सशस्त्रका ८ जवान बेहोस, हेलिकोप्टरबाट उद्धार
No ads found for this position
No ads found for this position
कैलाली । कैलालीको टीकापुर स्तित सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्रमा नियमित दौडका क्रममा ८ जना जवान बेहोस भएका छन् ।
शुक्रबार बिहान नियमित दौडका क्रममा बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकोप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।
कैलालीसहित तराई-मधेशका जिल्लामा अत्यधिक गर्मी छ । तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुग्ने गरेपछि तराईका जिल्लाको जनजीव नराम्रोसँग प्रभावित भएको छ ।
प्रतिक्रिया


