फिरन्ते जीवनशैलीलाई निरन्तरता: राउटे समुदाय फेरि बसाइँ सर्दै
No ads found for this position
No ads found for this position
सुर्खेत। फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू बसाइँ सर्ने तयारीमा छन्। हाल सुर्खेतको गुर्भाकोटमा बसिरहेका राउटेहरू अब सल्यानतिर सर्ने तयारीमा रहेको राउटे मुखिया प्रकाश शाहीले बताएका छन्।
राउटे समुदाय बसाइँ सर्ने निश्चित स्थानको बारेमा अन्य समुदायलाई जानकारी नदिने भएकाले उनीहरू ठ्याक्कै कहाँ सर्न लागेका हुन् भन्ने नखुलाए पनि बस्ती सार्ने तयारी भइरहेको मुखिया शाहीले जानकारी दिए। बसाइँ सर्नका लागि उनीहरू आवश्यक सामान ओसार्न सवारी साधनको व्यवस्थापनको प्रतीक्षामा छन्। बिहीबार राउटे बस्तीमा पुग्दा उनीहरू आफ्नो सामान व्यवस्थापनमा निकै व्यस्त देखिन्थे।
प्रतिक्रिया


