पीपीएमओमा विश्वसनीयता अझै गुम्दै, ज्याङ्सीलाई ह्याक गर्ने प्रयास
काठमाडौं । ज्याङ्सी कन्सट्रकसन इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको नेपालमा रहेको कार्यलयले प्रयोग गर्दै आएको पीपीएमओ अकाउन्ट ह्याकको प्रयास भएको छ । कम्पनीको आधिकारिक इमेलमा बारम्बार ओटीपी माग गरी ह्याकरले अनुमति माग गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ह्याकरले यही जेठ ५ गते आइतबारका दिन करिब १२ बजेतिर करिब २० पटक ओटीपी माग गरि ह्याक गर्ने प्रयास भएको थियो । ह्याकरले अवैध र अपरिचित आइपी अकाउन्टबाट विभिन्न इमेलहरु पठाई ओटीपीको कोड माग्दै उक्त कोड सेयर गर्न माग गरेको थियो । कम्पनीले आफ्नो गोप्य आर्थिक प्रस्ताव नदिएपनि ह्याकरले उक्त कागजपत्र हेरेको हुन आसंका गरेको छ ।
कम्पनीका अनुसार सडक विभाग अन्तरगत गोरुसिङ्गे देखि चन्द्रौटासम्मको सडक निर्माणका लागि आवहान गरेको ठेक्कमा पीपीएमओ सिस्टमबाट प्रस्ताप बुझाएको थियो । उक्त प्रस्तावलाई ह्याक गरि सडक निर्माणको काम अरुकम्पनीले नै पार्न खोजेको कम्पनीको आसंका छ । यो काम अहिले मुल्याङ्कनको चरणमा छ ।
ह्याकरले अकाउन्ट ह्याक गर्न सफल भएमा अरुका आर्थिक प्रस्तावहरुलाई आफु अनुकूल कागजपत्र मिलाई ठेक्का पट्टा आँफुलाई पार्दै आएको घटना सम्बन्धी समाचारहरु यस अघि पनि विभिन्न सञ्चार माध्ययमहरुमा आएका छन् ।
यसअघि सरकारी बोलपत्र आवहानमा गरिने ई–बिलिङ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पूर्व मन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डे सहित २२ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पकाउ गरी अदालतमा मुद्धा दर्ता गराएको थियो । पाण्डे कालिका कन्सट्रक्सन प्रालिका अध्यक्ष समेत हुन् । उनले सरकारी ठेक्का प्रक्रियामा अनियमितता गरि आफु अनुकूल पारेको आरोप छ ।
ओटीपीमा विश्वासनियता गुम्दै
ह्याकरले विभिन्न आइपी बाट ओटीपी माग गरि अन्य कम्पनी आधिकारिक मेल मार्फत अकाउन्ट लगइन गर्ने प्रयास गर्छन । ह्याक गरेर उसले कुनै पनि सूचना वा डेन्डरको बोलपत्र सबै अध्यायन गर्छ । अध्यायन पश्चात आफु अनुकुलको डकुमेन्ट मिलाई उक्त टेन्डर आफु वा आफु अनुकुलको ब्याक्तिलाई पार्छन् । यस किसिमका घटनामा यस अघि पनि सीआईबीले पाण्डे सहित धेरैलाई पक्राउ गरि अनुसन्धान गर्दा पनि वास्तविक ह्याकर र काहाबाट कसले यस्तो काम गर्छ भनि वास्तविक घटनाको सार्वजनिक गर्न नसक्नु पीपीएमओ प्रतिको विश्वसनीयता गुम्दै गएको जानकारहरु बताउँछन् ।
जानकारहरुका अनुसार यसरी असम्बन्धित कम्पनीको आधिकारीक इमेल र युजरनेम ह्याकरमा पुग्नु संकाको विषय र कर्मचारी प्रति आसंका भएको बताउँछन् ।


