पेस्तोल ताक्दै गहना पसल लुटपाट गर्ने ३ जना पक्राउ
काठमाडौं । काठमाडौंको एक गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले १७ वैशाखमा काठमाडौंको इन्द्रचोक स्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिइन् । सो क्रममा पसलमा रहेकी महिलाले उनीहरुलाई प्रतिकार गर्दै भगाएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यहि भिडियोको आधारमा उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल, भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।
यो समूहले यसअघि पुस २१ गते काठमाडौं-२५ मांसान गल्लीमा रहेको एक पसमा पेस्ताल ताक्दै २ तोलाको सुनको सिक्री, ४ लाख नगद र २ थान मोबाइल लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ । उनिहरुबाट चाइजिज पेस्तोल र पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान र नक १ थान बरामत भएको छ ।


