प्रहरीको घेराउमा मनहरा सुकुम्बासी बस्तीमा चल्यो डोजर (तस्विरहरू)
काठमाडौं । मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ। शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो। आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो। थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।

प्रहरीले बस्ती क्षेत्रलाई चारैतिरबाट घेरा हालेर डोजर चलाउन थालेपछि त्यहाँका स्थानीयबासीहरु बिचल्लीमा परेका छन् । वर्षौंदेखि बस्दै आएको आफ्नो टहरो भत्काउन थालेपछि सुकुम्बासीहरु आफ्ना सामानहरु पोका पार्न र गाईवस्तुहरु बाँधेर सुरक्षित स्थानतर्फ लैजान व्यस्त देखिएका छन् ।
बस्ती भत्काउन आएका डोजरलाई रोक्न केही स्थानीयले प्रयास गरेपनि ठूलो संख्यामा परिचालित प्रहरीले दिएनन् । हाल बस्ती क्षेत्रमा डोजरले टहराहरु भत्काइरहेको छ भने विस्थापितहरु आफ्ना सरसामान सडक किनारमा थुपार्न बाध्य भएका छन् ।

तस्विरहरू : श्रीकृष्ण आचार्य


