तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो

No ads found for this position
No ads found for this position

रामेछाप । रामेछापको मन्थली–६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ ।

थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

आज बिहान प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ । मृतको पहिचान खुल्न बाँकि छ । सडकबाट खसेको बस नदीमा डुबेको थियो । बस नदीबाट निकालिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *