एकैदिन तोलामा साढे २० हजारले घट्यो सुन
No ads found for this position
No ads found for this position
काठमाडौँ । केहि दिन देखि निरन्तर उकालो लागिरहेको सुनको मुल्य आज भने गिरेको छ ।
हिजो एकैदिनमा साढे २० हजार प्रतितोलामा बढेको सुन आज फेरि त्यति नै घट्दै ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी मुल्यमा पनि गिरावट आएको छ । हिजो प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४४० रुपैयाँ घटेको छ । महासंघको अनुसार चाँदी आज ७ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।
प्रतिक्रिया


