सुरक्षा परिष्दकाे बैठक अहिले सिहदरबारमा जारी, आजै मन्त्रीपरिषदकाे बैठक नी बस्ने
काठमाडौँ । निर्वाचनलाई केन्द्रमा राखेर गरिने सुरक्षा व्यवस्थाको बारे छलफल गर्न अहिले सुरक्षा परिष्दको बैठक जारी रहेको छ ।
बैठक अहिले सुरक्षा परिषदको कार्यालय सिहदरबारमा बसिरहेको स्रोतले बताएको छ । निर्वाचन नजिक आइरहदाँ आउने सुरक्षा चुनौतीको विषयमा छलफल चलिरहेको छ । फागुन २१ मा हुने निर्वाचनको लागि माघ २१ बाट नी सेना परिचालन गर्ने सोचमा सरकार रहेको छ । बैठक प्रधानमन्त्री शुसिला कार्कीको अध्यक्षतामा बसिरहेको छ ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, रक्षामन्त्री, सरकारका मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोक राज सिग्देल र रक्षा सचिव केदारनाथ शर्मा सहभागी छन् । यस बैठकपछि आजै दिउँसो साढे ३ बजे मन्त्रीपरिषदको नियमित बैठक बस्ने तयारी छ ।


