सतीदेवी साउन ४ गतेदेखि प्रदर्शन हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- बहुप्रतिक्षित चलचित्र ‘सतीदेवी’को साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ । फस्टलुक पोष्टर सार्वजनिक भएदेखिनै चर्चामा रहेको चलचित्रको प्रदर्शन मिति सोमबार तय गरिएको हो ।

लक्ष्मण सुवेदीको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मलाई मोफसलम एफडि कम्पनी र राजधानीमा रिच इन्टरटेन्मेन्टले बितरण गर्ने छ ।

सेन्सर बोर्ड तथा बिशेष प्रदर्शनीबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले गत माघमा सौराहमा सम्पन्न सौराह दक्षिण एशियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्यसैगरी, हालै रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सबमा ‘सतीदेवी’ ले सर्वोत्कृष्ट चलचित्र,सर्वोत्कृष्ट स्क्रीप्ट (लक्ष्मण सुवेदी) र सर्वोत्कृष्ट अभिनेत्री (मलिका महत) जुरी मेन्सन अवार्ड जितेको थियो ।

चलचित्रमा मलिका महत शीर्ष भूमिकामा छिन् भने उनको साथमा बालकलाकार द्वय हर्षिका वली र मञ्जिला बानियाँ, रमेश बुढाथोकी,भोला सापकोटा,सन्दीप बाबु लोहनी, कुलबहादुर अधिकारी,सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारी लगायतको अभिनय छ ।

बाबु श्रेष्ठले खिचेको चलचित्र तारा थापाले सम्पादन गरेका हुन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको फिल्मका गीतमा दीपक शर्मा र सुवास थापाको संगीत अनि देव महर्जनको एक्सन छ ।

श्रीदेवी,दिलासा र सारा सुवेदी निर्माता रहेको चलचित्र दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स, एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा निर्माण गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *