पत्रकार तथा निर्देेशक विजयरत्नलाई आर्थिक सहयोग हस्तान्तरण

No ads found for this position
No ads found for this position

 

काठमाडौं -चलचित्र पत्रकारिता क्षेत्रमा चार दशक र चलचित्र निर्देशन क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि सकृय रहँदै आएका विजयरत्न तुलाधर मुटु रोग र मिर्गौला रोगले पीडित भई शहिद गंगालाल हृदय रोग अस्पतालमा भर्ना भई हाल मिर्गौला रोगको उपचाररत छन्।

वि.सं. २०४५ सालमा उदित नारायण झा अभिनित ” पिरती ” चलचित्रको सहायक निर्देशकका रुपमा निर्देशन क्षेत्रमा लागेका हुन् भने राजमति, बसन्ती, मसान लगायतका चलचित्रमा मूख्य सहायक निर्देशक तथा वीर गणेशमान , शिरिषको फूल लगायतका चलचित्रका संयुक्त निर्देशक हुन् ।

मुटु र मिर्गौला रोगले थलिएका तुलाधरलाई उपचारमा सहज होस् भनेर नेपाल चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग संकलन गरी रकम हस्तान्तरण गरिएको छ ।

अमेरिकामा निर्देेशक सुमन दाहाल र नेपालमा निर्देेशक एभरेष्ट सुर्य बोहोरा को सकृयतामा आर्थिक सहयोग संकलन गरी एकमुष्ट रकम दुईलाख उन्नाइस हजार एघार रुपिंया निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली लगायत ले मुटु र मिर्गौला रोगले पिडित तुलाधरलाई उनकै निवास स्थानमा पुगेर रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण पछी अध्यक्ष पराजुली ले नेपालमा सर्जकहरु समस्यामा पर्दा निर्देशक समाज संधै अघि बढेर सहयोग गर्ने गरेको कुरा उल्लेख गर्दै विजयरत्न जस्तो सिनियर सर्जक लाई कुनै पनि किसिम को उपचार गराउन समाज संधै साथ रहने बताए ।

यस्तैगरी पीडित तुलाधर ले चलचित्र निर्देशक हरुको छाता संगठन निर्देशक समाजले आफुप्रति देखाएको सदाशयता मा खुशी व्यक्त गर्दै युवा पुस्ताका निर्देशकहरु एभरेष्ट सुर्य बोहोरा र सुमन दाहाल लगायत सबै सहयोगीहरु प्रति आभार व्यक्त गर्दै एउटा सर्जक ले चार दशकमा आर्जन गरेको यही माया हो भनि आफु यो क्षेत्रमा लागेको फल पाएँ भनि खुशी प्रकट गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *