पोखरामा माइक्रो बस र स्कार्पिओ ठोक्किँदा ८ चिनियाँ पर्यटक घाइते

No ads found for this position
No ads found for this position

पोखरा- पोखराको राष्ट्रबैंक चोकमा भएको दुर्घटनामा परी ८ चिनियाँ पर्यटक घाइते भएका छन् ।

बिहिवार बिहान पोखराको राष्ट्र बैंक चोकमा माइक्रो बस र स्कार्पिओ गाडी एकआपसमा ठोक्किँदा माइक्रोबसमा सवार ८ चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र बा १ प ८५१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएका थिए ।

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *