भवन निर्माणका लागि तरुण दलका ७ केन्द्रीय सदस्यले दिए १६ लाख

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य राजु थापाले नगद ४ लाख रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यालय रहेको स्थानमा नयाँ भवन निर्माणका लागि उनले नगद सहयोग गरेका हुन् ।

तरुण दलको चैत १५ र १६ गते बसेको बैठकले केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको थियो । उक्त बैठकले भवन निर्माणका लागि केन्द्रीय सदस्यहरुबाट सहयोग रकम संकलन गर्ने निर्णयसमेत गरेको थियो ।

दलको निर्णय अनुसार केन्द्रीय सदस्यहरुले भवन निर्माणका लागि केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्ने गरेका छन् ।

तरुण दल केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलका अनुसार बुधबारसम्म ५२ लाख १७ हजार बढि सहयोग रकम संकलन भइसकेको छ। उनले दिएको जानकारीका अनुसार बुधबार मात्रै १६ लाख ६० हजार ५५५ रुपैयाँ आर्थिक सहयोग उठेको छ ।

सहयोग गर्नेमा केन्द्रिय सदस्यहरु राजु थापा, विप्लव हमाल, गुरुप्रसाद दाहाल गोपी, कपिल पोखरेल, मुकुन्द छन्त्याल, मानवेन्द्र निधि र सागर पाण्डे रहेका छन् ।

थापाले ४ लाख, हमालले २ लाख ५५ हजार, गोपीले २ लाख ५ हजार ५५५, पोखरेलले २ लाख, छन्त्यालले २ लाख, निधिले २ लाख र पाण्डेले २ लाख नगद सहयोग गरेका छन् । सहयोग संकलन कार्य जारी रहने केन्द्रीय सदस्य पोखरेलले जनाएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *