बर्दघाट महोत्सवमा दुर्गेशको प्रस्तुतिमा उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले जनाए आपति

No ads found for this position
No ads found for this position

रूपन्देही -नवलपरासीको बर्दघाटमा आयोजित सातौं कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक मेलामा दिएको प्रस्तुतिलाई लिएर गायक दुर्गेश थापा विवादमा तानिएका छन् । कार्यक्रममा उनले ‘छाडा’ शब्दहरु प्रयोग गरेर र्‍याप गाएको भन्दै सरोकारवालाले विरोध गरेका हुन् ।

बर्दघाट व्यापार मेला समापनको अघिल्लो दिन आइतबार साँझ दुर्गेश थापाको प्रस्तुती थियो । उनले गीतहरुसँगै र्‍याप पनि सुनाएका थिए । र्‍यापमा प्रयोग भएका शब्दहरुलाई लिएर असन्तुष्टि देखिएको हो । भने स्टेजमा नै रहेका महिला अतिथिहरुको मुख रातोपिरो भएको थियो ।

बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले दुर्गेश थापासँग आपत्ति जनाइएको बताएका छन् ।

‘मेले भेटेरै भने आइन्दा यस्तो शब्द बोल्नुभयो भने तपाईलाई महोत्सवमा बोलाइदैन भनेर मैले आपत्ति जनाएको छु,’ अध्यक्ष न्यौपानेले भने ।
अश्लिलता र अभद्र प्रस्तुतीकै कारण केही कलाकारलाई यो बर्ष नबोलाइएको न्यौपानेले स्पष्ट पारे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *