संखुवासभामा छोराको कुटपिट बाट बुबाको मृत्यु

No ads found for this position
No ads found for this position

विराटनगर- संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो ।

सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए ।

घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *