सहकारीबाट लाखौँ जनता ठगिएका छन्, कांग्रेस पछि हट्नु हुदैन: सभापति देउवा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।

सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन् ।

उनको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरू गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्दालाई झन् सशक्त रूपमा उठाउने निर्णय गरेको हो ।

यो पनि पढ्नुस्

राष्ट्रियसभा उपाध्यक्षमा विमला र बिष्णुदेले गराए उम्मेदवारी दर्ता

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *