राष्ट्रियसभा उपाध्यक्षमा विमला र बिष्णुदेले गराए उम्मेदवारी दर्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन् ।

आज बसेको कांग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनबाट नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् । राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *