वनमा लागेको आगो निभाउँदा सेनाका चार जवान घाइते, हेलिकप्टरबाट उद्धार

No ads found for this position
No ads found for this position

डोल्पा- हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन्।

ठूलीभेरि नगरपालिका-४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन्।

घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेका छन्।

आइतबार निभाइसकेको आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए। गम्भीर घाइते भएका जनाको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *