उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

No ads found for this position
No ads found for this position

काठमाडौं- उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने भएको छ ।

निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते साँज ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम-२ र बझाङ प्रदेश- १ मा आयोगले उपनिर्वाचन हुँदैछ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *