बैतडीमा ट्र्याक्टर सडकबाट २ सय मिटर तल खस्दा २ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

बैतडी- शुक्रबार बिहान बैतडीको झौलेकमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्र्याक्टर जय पृथ्वी राजमार्गको पाटन नगरपालिका-८ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भई नसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *