मन्त्रीहरूले दिनभर गरेको राम्रो कामको विवरण अब प्रधानमन्त्रीलाई बेलुका बुझाउनु पर्ने 

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सबै मन्त्रीहरूले प्रत्येक दिन आफूले दिनभरि गरेको कामको विवरण प्रधानमन्त्रीलाई बेलुका ब्रिफिङ गराउनुपर्ने बताएका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै आफ्नो कामको विवरण बेलुका ब्रिफिङ गराउनुपर्ने निर्णय मन्त्रिपरिषदबाट गराइएको प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘आज मैले एउटा निर्णय पनि क्याबिनेटबाट गराएको छु। अब सबै मन्त्रीहरूले गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने छ। प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठुलो र राम्रो काम प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएपछि सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ।’

यसबाट अब सबै मन्त्री र सचिवहरूलाई काम गर्न तताउने प्रधानमन्त्रीले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *