कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

No ads found for this position
No ads found for this position

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् ।

हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो । तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरुले बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *