बझाङ प्रदेश सभा-१ मा दिवंगत मन्त्रीकापुत्र अभिषेक सिंहले पाए कांग्रेसबाट टिकट

No ads found for this position
No ads found for this position

काठमाडौं- वैशाख १५ गते उपनिर्वाचनका लागि नेपाली कांग्रेसले बझाङ-१ को प्रदेशसभा क्षेत्र नं.१ मा सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहपुत्र अभिषेक सिंहलाई टिकट दिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले अभिषेक सिंहलाई टिकट दिने निर्णय गरेको हो।

तीन दिनसम्म टिकटको विषयमा चलेको विवादपछि देउवा निवास बूढानीलकण्ठमा आजको बैठकले उनलाई टिकट दिने निर्णय गरेको हो।

कांग्रेस जिल्ला कार्यसमितिबाट बझाङ प्रदेश सभा उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस भएको थियो। तीन जनाको नाम सिफारिस गर्न भनिए पनि कांग्रेस जिल्ला कार्यसमितिले १० जनाको नाम सिफारिस गरेर पठाएको थियो।

टिकटका लागि कांग्रेस बझाङका पूर्वसभापति सत्यराज भण्डारी र अभिषेकबहादुर सिंह दाबेदार थिए। जसमा भण्डारीलाई ब्याक गराइ अभिषेकलाई टिकट दिएको हो।

यो पनि पढ्नुस्-

इलाम- २ मा कांग्रेसबाट डम्बर खड्काले पाए टिकट

पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री थिए। गत असार ५ गते मन्त्री पृथ्वीबहादुर सिंह, उनकी पत्नी र भाउजूको बझाङकै केदारस्युँमा जिप दुर्घटनामा परेर निधन भएको थियो। सिंहको निधनपछि रिक्त पदमा कांग्रेसबाट उनका छोरा अभिषेकले चुनाव लड्ने तयारी थालेका थिए। उनी राजनीतिमा सक्रिय छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *