इलाम- २ मा कांग्रेसबाट डम्बर खड्काले पाए टिकट

No ads found for this position
No ads found for this position

काठमाडौं- वैशाख १५ गते उपनिर्वाचनका लागि नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई टिकट दिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । टिकट फाइनल गर्नुअघि कांग्रेसले बूढानीलकण्ठमै इलाम- २ का सबै आकांक्षीलाई बोलाएको थियो।

ढानीलकण्ठमा इलाम- २ बाट उम्मेदवारका रुपमा सिफारिस सबै उम्मेदवारले सभापति देउवालाई आफ्ना कुरा राखेका थिए। महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाको साथ पाएका भेषराज आचार्यले अन्तिमसम्म अडान छाडेका थिएनन्।

भेषराज र डम्बर दुईमध्ये एकको नाममा शीर्ष नेताहरूबीच विवाद थियो। तर सभापति देउवाले संसदीय बोर्डबाट निर्णय गराएर खड्कालाई नै दोहोर्‍याउने निर्णय गरेका हुन्।

यो पनि पढ्नुस्-

बझाङ प्रदेश सभा-१ मा दिवंगत मन्त्रीकापुत्र अभिषेक सिंहले पाए कांग्रेसबाट टिकट

कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *