कालीबहादुर जोगाउन गालीगलौजको प्रतिस्पर्धामा उत्रिएका प्रचण्ड र ओलीको त्यो ब्याटल

खाम ओलीले संरक्षण गर्ने रे, आमाको दुध चुसेर भएन बाउको घुँडो: प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा विभाजन भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओली एक-अर्कालाई गालीगलौजको प्रतिस्पर्धामा उत्रिए ।

१५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम हिजो पक्राउ परेका छन् । उनि रामहरी श्रेष्ठको अपहरणपछि निर्घात कुटपिट गरि हत्या भएको आरोपमा खाम फरार थिए।

नेकपा विभाजन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले कालीबहादुर खामको समर्थनमा होडबाजी नै गरे ।

प्रचण्डले त्यसबेला रामहरि श्रेष्ठको हत्या प्रकरणमा मुछिएर कालीबहादुर खामको साह्रो-गाह्रोमा आफूले साथ दिइरहेको बताएका थिए । केपी ओली पनि के कम, उनले त झनै हत्या अभियोगमा फरार रहेका कालीबहादुरलाई बालुवाटारमै बोलाएर भेटेका थिए ।

फरार रहेका भनिएका माओवादीका पूर्वकमाण्डर खामलाई कसले बढी साथ दिने भन्नेमा केपी ओली र पुष्पकमल दाहालबीच भनाभन र प्रतिस्पर्धा नै चलेको थियो।

कालिबहादुर खाम बारे प्रचण्डले भनेका थिए, ‘जनमुक्ति सेनाको कमाण्डरलाई जसलाई मैले १० वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पु-याएको । ति मान्छेको चाहिँ अब केपी ओलीले संरक्षण गर्ने रे । आमाको दुध चुसेर भएन बाको घुँडो । जनमुक्ति सेनाका सबै कमाण्डर, योद्धा, घाइते साथीहरु भ्रमित नहुनुहोला ।’

उनिहरु त्यो बेला व्यक्तिगत रुपमै आरोप-प्रत्यारोपमा लागे। त्यो बेला पुष्पकमल दाहाल प्रचण्डले एक अन्तरवार्तामा केपी ओलीको व्यक्तिगत जीवनमाथि लिएर कटाक्ष गरे ।

प्रचण्डले त्यातिबेला ओली सन्तानविहीन भएकाले कसैलाई हेर्नु नपरेको तर, आफ्ना सन्तान भएकाले हेर्नुपर्ने बताएका थिए ।

एक अन्तरवार्तामा प्रचण्डलाई तपाईं छोरीका लागि, परिवारका लागि, बुहारीका लागि, देशका लागि, राजनीति गर्ने एजेन्डै छैन भन्ने आरोप छ नि भनि सोधिएको थियो । जवाफमा प्रचण्डले यस्तो भनेका थिए-

‘म निसन्तान भइन त मेरो दोष हो र ? केपीजी नि:सन्तान हुनुभयो, उहाँले छोराछोरी भन्नु परेन । म निसन्तान भइनँ, मेरा छोराछोरी छन् नाति-नातिना छन्, ज्वाईं छन् । त्यो मेरो दोष हो र ? अनि, मेरा छोराछोरी भएका हुनाले नै सुविधा दिएको छ त कहिँ ? हिजो विद्रोहमा मर्न हिँडेका मान्छे होइनन् ? चाहे मेरा छोरी भन्नुस, बुहारी भन्नुस सबै लडाईंमा थिएनन् ? जेल, नेल, यातना भोगेर आएका होइनन् ? क्रान्तिमा होमिएर त्याग–बलिदानका कीर्तिमान कायम गरेका छन्, त्यो मेरो देश हो ? उनीहरु चुनावमा गएर जिते मेरो दोष हो ?’

प्रचण्डले ओलीलाइ यसो भने पछि त्यो बेला प्रेस संगठनको भेलामा ओलीको जवाफ यस्तो थियो-

‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरु छन्, ज्वाइँहरु छन्, हेर्नैपपर्‍यो । बनाउनैपर्‍यो । छोरी भएपछि मेयर बनाउनै पर्‍यो । भोटले पुगेन भने मतपत्र च्यात्नैपर्‍यो । ज्वाइँ छन्, के गर्ने अब ? घर किन्दिनै पर्‍यो, घडेरी किन्दिनै पर्‍यो । गाडी किन्दिनैपर्‍यो । पद, ओहोदा दिनैपर्‍यो । केपी ओलीका छैनन्, कल्लाई देओस्, मेरा त छन्, दिन्छु ! गज्जब हो, बहादुर हो । बाबु त यस्तो होस् ! ससुरो त यस्तो होस् ! गज्जब हो !

ओलीले थपे : ‘एउटा कुरो म उहाँलाई सम्झाउँछु । मलाई त सञ्चै छ । यो देशका सबै केटाकेटीलाई म आफ्नै केटाकेटी ठान्छु । मेरा आफ्नै केटाकेटीका लागि मलाई केही गर्नु छैन, त्यसमा मलाई न गौरब, न हर्ष, न विस्मात्, केही पनि छैन । तर, म उहाँलाई भन्न चाहन्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? ज्वाइँहरु छन् कि छैनन् ? आफन्त छन् कि छैनन् ? ती योद्धाहरु छन् कि छैनन् ? लड्ने बेलामा, ज्यान दिने बेलामा योद्धा चाहियो । अरुका छोराछोरी चाहियो । आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, अनि तर मार्ने बेलामा मेरा त छोराछोरी छन्, के गर्ने ?

अरुका पनि छोराछोरी हुन् । अरुका छोराछोरीको पनि ज्यान हो । अरुका छोराछोरीका पनि हातखुट्टा हुन्, टाउका हुन् । त्यो चाहिँ काठको बनाएको हो ? भाँचे पनि हुन्छ ? फुटाए पनि हुन्छ ? जे गरे पनि हुन्छ ? अरुका छोराछोरी के खेलाउने पुतली हुन् ? पसलमा बेच्न राखेका पुतली ? त्यति पनि भाऊ छैन जनताका छोराछोरीको ? तिनको हालत के छ ? मेरा त छोराछोरी छन्, हेर्नुपर्छ अरे ! अरु हेर्नुपर्छ कि पर्दैन ? देश बनाउन भनेर जसलाई होमियो, तिनलाई हेर्नुपर्छ कि पर्दैन ?’

यो पनि पढ्नुस्

रामहरीको हत्या र ५ करोड लुटेको आरोपित माओवादी लडाकु कालीबहादुर खाम पक्राउ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *