रामहरीको हत्या र ५ करोड लुटेको आरोपित माओवादी लडाकु कालीबहादुर खाम पक्राउ

१५ वर्षदेखि फरार थिए खाम

No ads found for this position
No ads found for this position

काठमाडौं- १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । उनलाई ठमेलबाट पक्राउ गरिरेको हो।

२०६५ सालमा व्यापारी रामहरी श्रेष्ठको अपहरणपछि निर्घात कुटपिट हत्या भएको आरोपमा कालीबहादुर खाम फरार भएका थिए।

२०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो ।

खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् ।

खामलाई प्रहरीले खोजिरहेको थियो । उनलाई चीनिया ब्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैँया लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।

खामलाई चितवन जिल्ला अदालतमा जिम्मा लगाउने तयारी गरिएको प्रहरीले बताएको ५ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *