अर्थमन्त्रालयमा बजेट लेखन सुरू, अत्यावश्यकबाहेकका घेटघाट बन्द

No ads found for this position
No ads found for this position

काठमाडौं- अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरू गरेको छ ।

मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले मन्त्रालयमा अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए।

समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्।

समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *