सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछन् । व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ ।

जसअनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णाली प्रदेशले दिउँसो ३ बजे, कोशी, बागमती र गण्डकी प्रदेशले अपराह्न ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले अपराह्न ५ बजे बजेट प्रस्तुत गर्ने छन् ।

सबैजसो प्रदेशले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्।

सङ्घीय सरकारले भने जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ । अब असार १५ गते स्थानीय तहहरुले बजेट ल्याउने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *