हजारौं दर्सकको माग पछि ‘नालापानी’ फेरि प्रदर्शनमा आउँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- हजारौं दर्सकले पुन: रिलिजको माग गरेपछि सन् १८१४ मा भएको नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ फेरि प्रदर्शनमा आउने भएको छ ।

नालापानी साउन १८ गते देखि पुनः रिलिज हुने निर्माण कम्पनी रिमेश अधिकारी फिल्म्सले विज्ञप्ति मार्फत जनाएको छ। फिल्ममा अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँको कथा छ। यसलाई दर्सकले अत्याधिक मन पराएका थिए ।

रिमेश अधिकारी निर्देशित यो फिल्म गत वर्ष कात्तिक ४ गते रिलिज भएको थियो । देशव्यापी विशेष प्रदर्शनको क्रममा देशभक्ति र पुर्खाको लडाइँको ऐतिहासिक कथामा आधारित फिल्मलाई पुनः दर्शकमाझ ल्याउन सबैले सुझाव दिएपछि पुनः प्रदर्शन तय गरिएको बताइएको छ ।

यो फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्म-२०२० ले पुरस्कृत गरेको थियो । पुनः प्रदर्शनमा सघाउन निर्माता तथा निर्देशक रिमेश अधिकारीले संघीय र प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।

फिल्मले देहरादूनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवर र उनका ६ सय सेनाले लडेको ऐतिहासिक लडाइँको कथा भन्छ ।

उनका सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा चित्रण गर्ने यो फिल्म धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित छ । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान लगायतको अभिनय छ ।

फिल्म रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्म्स, गंगानारायण फिल्म प्रोडक्सन र बीजी बी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *