ललितपुर ग्याङफाइट: होटल सञ्चालकसहित ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गरिने

No ads found for this position
No ads found for this position

काठमाडौं- ललितपुरको ढोलाहिटी-२ मा ग्याङ फाइट हुँदा २ जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

२ जनाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गर्ने तयारी भएको छ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ परेकामध्ये ५ जनालाई कर्तव्य ज्यानमा म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको बताए। अन्यको हकमा थप अनुसन्धान भइरहेको उनले बताए।

आइतबार साँझ भएको घटनामा २ फरक समूहका पूजन राई र रोबस राईको छुरा प्रहारबाट मृत्यु भएको थियो। सोमबार बिहानसम्म प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले खाजा घरका सञ्चालक विजय राईले छुरा प्रहार गरेको जनाएको छ। उनी लागु औषध मुद्दामा दुई वर्ष जेल बसेर २०७७ सालमा छुटेका थिए।

३१ वर्षको विजय राई, ३० सुलभ राई , ३८ विशाल हाङ मुकारुङ राई र २५ वर्षीय छेङविहाङ राईविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *