अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

कैलाली- अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने भने तीनजना घाइते भएका छन् ।

मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका- ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन्।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी र नाम नखुलेका अर्का एक बालक घाइते भएका छन्।

दुर्घटनामा घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ प्रहरीले बताएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *