मेघगर्जन र चट्याङसहित देशभर वर्षा हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने र देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ।

दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङपिहत हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिक बदलीको अवस्था रहने छ।

राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *